शपिङ सेन्टरमा पानीको विशाल फोहरा खसेपछि… (भिडियो सहित)



एजेन्सी : चीनमा बाइलु आँधीका कारण आएको पानीको विशाल फोहराले एउटा शपिङ सेन्टरमा पसेर सामान किन्न आएकी महिलालाई पछारेको छ। ती महिला पानीमा बगेकी छन्। दक्षिणी चीनको दोङगुआन शहरमा रहेको हुइशिङ कमर्सियल सेन्टरबाट खिचिएको खतरनाक भिडियोमा महिलालाई अपराह्न ५ः४० मा पानीले हिर्काएको थियो। 

पानी पसेपछि महिलाले कान छोप्छिन् तर फोहरा उनको टाउकोमाथि आएर उनलाई दोस्रो तल्लाबाट लडाउँछ। घटना आइतवार भएको हो। पानीको लहरको मुख्य प्रभाव दोस्रो तल्लामा परेको थियो तर पहिलो तल्लामा पनि पानी पोखिएको थियो। 

ती महिला र अर्का एक खरिदकर्तालाई बाढीले घाइते बनाएको थियो। भारी वर्षाका कारण छत भासिएपछि पानी पसेको मानिएको छ। यो शपिङ सेन्टर सन् २०१६ मा खोलिएको थियो र यसमा खुला पटांगिनी छ। त्यसलाई विशाल टेन्टले छोपिएको छ। 

छत कसरी भत्कियो भन्ने कुरा आफूहरूलाई थाहा नभएको शपिङ सेन्टरका एक प्रवक्ताले बताए। तर शिलोङ शहर आपतकालीन व्यवस्थापन कार्यालयका अधिकारीहरूले यसको अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्