आत्महत्या गर्नुअघि पत्रकार पुडासौनीको एक दिन 



काठमाडौं : चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा साउन २० गते बेलुका ८ बजे मृत भेटिएका माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीले सो दिन के–के गरे भन्ने सबैका लागि कौतुहलताको विषय हो । प्रहरी अनुसन्धानका आधारमा मृतक पुडासैनीको त्यो दिनको गतिविधिलाई फेला परेका तथ्य अनुसार यहाँ चित्रण गरिएको छ । 

मृतक पुडासैनीको मोबाइलको लोकेसनअनुसार उनी त्यसदिन बिहान ८ः०० बजेदेखि ८ः१५ सम्म गोगंबु बसन्तनगर क्षेत्रमा थिए। त्यसपछि उनको मोबाइल लोकेसनको आधारमा उनी बिहान ९ः४५ बजे कलंकी पुगेको देखिन्छ। यस्तै १ बजेर ३ मिनेटको समयमा उनको मोबाइलको लोकेसनमा उनी मलेखु रहेको देखाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । 

चितवन पुगेपछि अन्दाजी ३ बजेर १० मिनेटमा उनी लमजुङ होटलमा कोठा खोज्नका लागि पुगेका थिए। यसको पुष्टि होटल संचालक आफैंले गरेका छन्। त्यहाँको कोठामा सिलिङ फ्यान नभएकै कारण उनी ३ बजेर १५ मिनेट जाँदा कंगारु होटलमा गएर कोठा लिएका थिए।

त्यसपछि उनले श्रेष्ठ ब्रदर्सको पसलबाट डोरी किनेको पसलमा रहेको सीसीटिभी फुटेजमा कैद भएको छ। उनी त्यहाँ ३ बजेर ३२ मिनेटमा पुगेको र ८ मिनेट रहेको देखिएको छ।

डोरी लिएर होटल कंगारुको कोठा नम्बर २०२ फर्किएका पुडासैनीले ३ बजेर ५४ मिनेट ४१ सेकेण्ड जाँदा ४ मिनेट ५८ सेकेण्डको पहिलो भिडियो रेकर्ड गरेको देखिन्छ। त्यसपछि सोही कोठामा ४ बजेर १ मिनेट १७ सेकेण्ड जाँदा उनले दोस्रोपटक भिडियो सुट गरेका थिए। उक्त भिडियो ८ मिनेट २७ सेकेन्ड लामो रहेको छ।

त्यस लगत्तै उनको मोबाइलमा ४ बजेर २२ मिनेटको समयमा श्रीमती सम्झना घिमिरे पुडासैनीले फोन गरेकी थिइन्। सम्झनाले फोन गरेसँगै उनको मोबाइलमा १६ बजेर ३६ मिनेट जाँदा जीपीआरएस ९इन्टरनेट० सेवा सूचारु भएको देखिन्छ। मृतक पुडासैनीले सो दिन १६ बजेर ३८ मिनेटमा पुजा भन्ने प्रमिला शर्मा भुसाललाई कल गरेका थिए।

त्यसपछि कुनै पनि गतिविधि भएको प्रहरी अनुसन्धानमा देखिँदैन। 

प्रतिक्रिया दिनुहोस्