पहिलोपटक शिकार गरेपछि बाघ दाजुभाइले गरे लुछाचुँडी



एजेन्सी : भारतको मध्य प्रदेशस्थित बान्धवगढ बाघ आरक्षमा बाघका दाजुभाइले पहिलोपटक शिकार गरेपछि त्यसलाई हत्याउन एकअर्कालाई कोपरकापर गरेको तस्वीर सार्वजनिक भएको छ। ती दाजुभाइ आफ्नी आमासँग मिलेर शिकार गर्दै गर्दा जलाशयमा आइपुगेका थिए।

सञ्जय दनैले खिचेको तस्वीरमा बाघका डमरुहरूले एउटा बाँदर मारेर त्यसको सिनो हत्याउनका लागि लडाईं गरेको देखिन्छ। सञ्जयले भने, ‘डमरुहरू बिहानीपख खेलिरहेका थिए। वयस्क हुन लागेका डमरुहरू चकचके हुन्छन्। यतिबेलै उनीहरू आमाबाट शिकार गर्ने र बाँच्ने कला सिकिरहेका हुन्छन्। उनीहरूले शिकार गरेको प्रत्यक्ष हेर्न पाउँदा रोमाञ्चित भएँ।’

 

प्रतिक्रिया दिनुहोस्