न्यायाधीश बर्खास्ती प्रकरण : सर्वोच्चद्वारा न्यायपरिषद्लाई  कारण देखाऊ आदेश



काठमाडौं : सर्वोच्च अदालतले ३८ क्विन्टल सुनकाण्डमा जागिर गुमाएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्नुको कारण देखाउन आदेश दिएको छ । न्यायपरिषद्ले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आदेश दिँदा कैफियत देखिएको भन्दै उनलाई बर्खास्त गरेको थियो ।

सिंहले न्यायपरिषद्, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विपक्षी बनाई रिट दायर गरेका थिए । यो समाचार आजको नयाँपत्रिका दैनिकमा लेखिएको छ । 

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले उनलाई के–कति कारणले बर्खास्ती गरेको हो सोको कारण देखाउन आदेश दिएको हो । सिंहको रिटले अग्राधिकार पनि पाएको छ । कारबाही भए पनि सर्वोच्चले भने उनीसहितका न्यायाधीशले दिएकै आदेश सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्