फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा



काठमाडौं । अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस्। यो हाम्रो प्रतिबद्धता हो। हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने।

काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज दिनभर स्थानीयले अवरोध गरेका थिए। स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्