किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ  



काठमाडौं : किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो प्रहरीले धादिङ गजुरी घर भएका रविन श्रेष्ठ पक्राउ गरेको हो ।  उनलाई प्रहरीले काठमाडौ कलंकीबाट पक्राउ गरिएको हो । 

हाल काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने श्रेष्ठले दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

कलंकीस्थित पशुपति गेष्टहाउसमा श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रबिन श्रेष्ठलाई पक्राउ गरेको हो । 

हाल फरार रहेका मदन थापामगरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्