वैज्ञानिकहरूले अन्तरिक्षमा भेटे सुनै सुन



एजेन्सी : वैज्ञानिकहरूले दुईवटा न्युट्रन स्टार ठोकिएको दुई वर्षपछि त्यस प्रक्रियाका कारण थुप्रो सुन र प्ल्याटिनम उत्पन्न भएको बताएका छन्। रोयल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो मासिक बुलेटिनमा एक विश्लेषण प्रकाशित गरेर सुन र प्ल्याटिनमका सयौं ग्रहको उल्लेख गरेको छ। 

वैज्ञानिकहरूका अनुसार, सन् २०१७ मा ग्रह ठोकिएको देखिएको छ। उक्त घटनामा दुईवटा न्युट्रन स्टार ठोकिएर विलय भए अनि किलोनोभा उत्पन्न भयो। ठूलो तारा विस्फोट र टुटफुट भएपछि बचेको अवशेषलाई न्युट्रन स्टार भनिन्छ। न्युट्रन स्टार ब्ल्याक होलमा मिसिएपछि किलोनोभा निर्माण हुन्छ। 

सन् २०१६ र २०१७ मा त्यस्तै घटना हुँदा भारी मात्राका सुन र प्ल्याटिनम उत्पन्न भयो। यसबाट पृथ्वीमा सुन र प्ल्याटिनमको उपस्थितिलाई व्याख्या गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ। यी बहुमूल्य धातु लाखौं वर्षपहिले किलोनोभा निर्माणकै परिणाम भएको उनीहरूको भनाइ छ। 

सुनको भण्डार आकाशगंगा एनजीसी ४९९४ मा पाइन्छ। त्यो पृथ्वीभन्दा १३० देखि १४० प्रकाश वर्ष टाढा छ। अर्थात् न्युट्रन स्टार आजभन्दा १३ देखि १४ करोड वर्ष पहिले ठोकिएका थिए। वैज्ञानिकहरूले चाहिँ केही वर्षअघि मात्र यो कुरा थाहा पाए।

प्रतिक्रिया दिनुहोस्