बागलुङको निसीमा टाउको बिनाको शव फेला



बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ। झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर बिकको शव फेला परेको प्रहरीले जनाएको छ।

बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो। शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको हो।

शवको पहिचान भए पनि हालसम्म टाउको फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्