राजपाले मेयरविरुद्ध गरेको विरोधप्रति समाजवादी र महानगरपालिकाको आपत्ती



वीरगञ्ज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नगर समिति वीरगञ्जले बुधबार ब्यानर र प्लेकार्डसहितको वीरगञ्जमा मेयरविरुद्ध गरिएको विरोध कार्यक्रमप्रति समाजवादी पार्टी र महानगरपालिका कार्यपालिकाको गम्भिर ध्यानकर्षण भएको जनाएको छ । 

नगर प्रमुख विजयकुमार सरावगीको टाउको भएको फोटो लामखुट्टेको शरीरमा जोडेर गरिएको विरोध प्रदर्शनलाई गैरकानुनी भएको भन्दै कार्यपालिका र समाजवादी पार्टीले बिहीबार एक्कै साथ प्रेस विज्ञप्ती जार्दै सो विरोधप्रति आपत्ती जनाएको हो । 

‘नेपालको संविधान अनुसार वैधानिक रुपमा सार्वजनिक पदमा रहेका जनप्रतिनिधिहरु र व्यक्तिका काम काजको टिकाटिप्पणी र विरोध गर्न पाउन सक्ने कानुनी अधिकार सुनिश्चित छ’ विज्ञप्तीमा लेखिएको छ, ‘वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको तस्वीरलाई लामखुट्टेको शरीरसँग जोडेर सार्वजनिक रुपमा नगरप्रमुखको चरित्र हत्या गर्न र व्यक्तिगत आचरणमाथि कुठारा घात गरी मानमर्दन गर्न खोजिएको छ ।’

कानुनलाई हातमा लिएर अराजक गतिविधि उत्पन्न गराउँन खोजेको राजनीतिक दल तथा राजनीतिक दलका केही अराजक प्रवृतिका व्यक्तिहरु समेतलाई कानुनको दायरामा ल्याई दलिय आचरण तथा संवैधानिक संसदीय परम्परालाई पाल्ना गराउँन विज्ञप्ती मार्फत सम्बन्धीलाई आग्रह गरिएको छ । 

त्यसैगरी राजपाका जिल्ला अध्यक्ष जगदीश पटेलद्वारा जारी गरिएको विज्ञप्तीमा बुधबार वीरगञ्जमा भएको विरोध प्रदर्शनबारे राजपाको ध्यानआकर्षण भएको जनाइएको छ । राजपा नेपाल पर्साको ब्यानर र झण्डा प्रयोग गरी वीरगञ्जका गरिएको विरोध प्रदर्शन राजपा पर्साको आधिकारीक कार्यक्रम नभएको कार्यक्रम देखाइएको गतिविधि गैर राजनीतिक र भ्रामक रहेको जनाएको छ । 

यता राजपाका महासचिव राजेशमान सिंहले प्रायोजित तरिकाले विरोधको कार्यक्रमलाई ढाकछोप गर्न समाजवादी पार्टी, महानगरपालिका कार्यपालिका र राजपाले जारी गरेको भनिएको प्रेस विज्ञप्ती नगर प्रमुख सरावगीको प्रेस सल्लाहकारको इमेल आईडीबाट एक्कै साथ पठाइएको दाबी गरेका छन् । 

उनले वीरगञ्ज महानगर पालिकाको नगर प्रमुख, उनका राजनीतिक र प्रेस सल्लाहकार जस्तो जिम्मेवार पदमा बसेको मान्छेले धमिलो पानीमा माछा मार्ने कार्य गरी राजपा नेपाल पर्साको छविलाई धुमिलो बनाउने प्रयास गरेको आरोप लगाए । 

राजपाको लैटर प्याड प्रयोग गरी जगदीश पटेलको किर्ते हस्ताक्षर गरी गलत समचार प्रवाह गरेकोमा महानगर कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । 

यसैगरी आज राजनीतिक तथा प्रेस सल्लाहकारमाथि कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष महानगर कार्य समिति बीरगञजले ज्ञापन पत्र बुझाने कार्यक्रम रहेको महासचिव सिंहले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्