राजपा अध्यक्ष मण्डलको बैठक बस्दै 



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्न लागेको हो । 

पार्टी महाधिवेशन र समाजवादी पार्टीसँग एकीकरण गर्ने लगायतका विषयमा छलफल गर्न (राजपाले आजै दिउँसो बोलाएको राजनीतिक समितिको बैठक विवादका कारण स्थगित भएसँगै अध्यक्ष मण्डलको बैठक बस्न लागेको हो । 

बैठकमा आसन्न महाधिवेशन, समाजवादी पार्टीसँगको एकीकरण, संसदमा पार्टीको भूमिका, प्रदेश २ सरकार सञ्चालनको समिक्षालगायत प्रदेशको नामाकरण र राजधानी तथा समसामाहीक राजनीतिक विषयमा केन्द्रीय रही छलफल हुने राजपाले जनाएको छ । 

राजपाका महामन्त्री केशव झा लगाएका नेताहरुले राजनीतिक समितिको बैठकको तीव्र विरोध गर्दै पार्टीमा विवाद रहिरहे र निरुपण नभएमा छुट्टै पार्टी बनाएर अघि बढ्ने चेतावनी दिएसँगै बैठक स्थगित भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्