सरकार र मधेश केन्द्रीत दललाई मधेशी बुद्दिजिवीहरुको खबरदारी



काठमाडौं : आज काठमाडौंमा भेला भएका मधेशी बुद्दिजिवीहरुले सरकार र मधेस केन्द्रीत दलहरुलाई खबरदारी गरेका छन् ।

कठमाडौंमा मधेशी पत्रकार समाजले आयोजित कार्यक्रममा मधेश आन्दोल, र त्यसले पहिचान गरेको विभेद लगायत सिङ्गो मधेशको समृद्धिका लागि संघीय सरकार र दलहरुले वास्ता नगरेकोमा चर्को विरोध गरे ।

२०६२–६३ मा भएको मधेश आन्दोलनबाट प्राप्त भएको हक अधिकार र अहिलेको मधेश केन्द्रीत राजनीतिक दलको भुमिकाको अवस्थाबारे खबरदारी गर्न सो कार्यक्रमको आयोजना गरिएको थियो । 

आज मधेश आन्दोलन कहाँ छ त ? मधेशी नागरिकको प्रश्न छ– आन्दोलन कहाँ छ सत्ता, सडक, सदन, प्रदेश वा स्थनीय निकायमा छ ? यो आन्दोलनको औचित्य के छ नेपाल सरकारसँग विभिन्न सम्झौताहरु भयो ति सम्झौताहरु कहाँ छ, कुन रुपमा छ ।

मधेश आन्दोलनको मूल्य मान्यताको अवस्था, मधेशी राजनीतिक दलका नेताहरु मूल धारबाट पलायन हुँदै गएको मधेशी बुद्दिजिवीहरुको भनाइ छ ।  

 

प्रतिक्रिया दिनुहोस्