मेघगर्जनसहित वर्षा हुने, केही राजमार्गमा पहिरो जाने सम्भावना



काठमाडौं : देशका विभिन्न ठाउँमा रातिदेखि नै मेघगर्जनसहित वर्षा भइरहेको छ । 

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको हो ।

दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । 

पानी परेपछि शनिबार चुरेबाट बहने नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपास हिँडडुल गर्दा सतर्क हुन उहाँको सुझाव छ ।

यस्तै शनिबार सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास तथा चितवनको कालीखोला र आसपास ठूलो पानी परेकाले पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्