३५ जना एसएसपीकाे सरुवा



काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको आज बाहिर ल्याईएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी परिसर ललितपुरमा टेक प्रसाद राईको सरुवा भएको छ।

ललितपुरका एसएसपी रवीन्द्र धानुकको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ भने ट्राफिक महाशाखामा भीम प्रसाद ढकाल सरुवा भएका छन्। ट्राफिक मशाहाखाका प्रमुख वसन्त पन्त प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा सरुवा भएका छन्।

तालिम केन्द्र अन्तर्गत बुटवल तालीम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरीराज वाग्लेको सरुवा भएको छ।

त्यसैगरि प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ। संघीय प्रहरी इकाई कार्यालय धरानमा शौरभ राणा, लुम्बिनीमा मोहनराज शर्मा, जनकपुरमा किशोर दाहालको सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्