आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि प्रकाशित गरेकाे विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलरको भाउमा ओरालो लागेकाे छ भने युरोपियन युरो बढेको छ। सोमबार एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलर मंगलबार घटेर एकको खरिदमा १२६ रुपैयाँ ९४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५४ पैसामा झरेको हो।

त्यस्तै, एकको खरिदमूल्य १२७ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेको युरोपियन युरो म‌ंगलबार बढेर खरिदमा १२८ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ३८ पैसा पुगेको छ।  अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । सोमबार एकको खरिददर ८६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको अष्ट्रेलियन डलर मंगलबार बढेर खरिदमा ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पुगेको हो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९० रुपैयाँ ९१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३४ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ। यता, डलरसँगै साउदी रियालमा सामान्य ओरालाे लागेकाे छ भने कतारी रियाल बढेको छ।

यसअघि खरिदमूल्य ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको साउदी रियाल आज खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा कायम भएको छ  छ।

कतारी रियाल भने सामान्य महङ्गिएको छ । यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा रहेको कतारी रियालको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस्