इस्टर्न हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं- इस्टर्न हाइड्रोपावरको आईपीओ भर्ने २८ भदौ अन्तिम दिन रहेको छ। मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई एक सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो।

यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम् एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

यो आईपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्