७ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको जानकारी दिएको छ।

महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ। मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो।

प्रतिक्रिया दिनुहोस्