युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा



एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका जेलेन्स्की सवार कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएको हो ।

जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमा दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताएका छन् ।

दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्