ग्लोबल आइएमई बैंकको दक्षिण कोरियामा अन्तक्र्रिया



काठमाडौं । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा अन्तक्र्रिया गरेको छ। अन्तक्र्रिया दक्षिण कोरियाको राजधानी सिओलमा गरेको बैंकले जनाएको छ।नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै कार्यक्रम गरेको हो।

बैंकले कोरियामा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको समेत जानकारी दिएको छ। कार्यक्रमा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, अर्थसचिब कृष्णहरि पुष्कर, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योती प्याकुरेल र गैर आवासीय संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्