कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य घिमिरेको निधन



काठमडौं । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ । उनको बिहीबार राति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा पार्टीको तर्फबाट उम्मेदवार थिए ।

२०२५ सालमा जन्मेका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

‘उहाँको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ । उहाँको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको छ,’ शोक वक्तव्यमा भनिएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्