शुक्रबार तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार १ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्