लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो चाडपर्व लक्षित हुन्डाई फेस्टिभ डिलाइट योजना



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना ल्याएको छ। योजना ३० भदै देखि सुरु भएको छ।

योजना अन्तर्गत ग्राहकले ५ लाख सम्मको आकर्षक नगद छुट र स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार सम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

त्यसका साथै गाडी खरिद गर्दा १ वर्ष सम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडी ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्