‘दसैँ जुत्ताचप्पल मेला’मा उपभोक्ताको भिड



काठमाडौ । काठमाडौंको भृकुटीमण्डपमा लागेको ‘दसैँ जुत्ताचप्पल मेला’मा उपभोक्ताको भिड बढन थालेको छ। चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ता चप्पल पाईन्छ।

मोलामा ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए।

बजारमा सस्तो जुत्तालाई पनि महँगो मुल्य राखेर उपभोक्ताई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यती नै मुल्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्