कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ।

गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.६ प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्