सेयर बजार आज पनि ओरालो



काठमाडौं । सेयर बजार शुक्रवार पनि घटेर राताम्मे भएको छ। बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ।

म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।

२२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार४८८ रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै रिडी पावर कम्पनीको ४ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो।

मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटे पनि नविन ब्यालेन्स फन्डको सेयर ७ प्रतिशतभन्दा धेरैले बढेको छ।

प्रतिक्रिया दिनुहोस्