एभरेष्ट बैक र एन.बी.आई बीच सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बी.आई) बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको बनेको बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् ।

साथै देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्