संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनको जित आवश्यक : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । 

लौहपुरुष गणेशमान सिंहको २५ औं स्मृति दिवसको  अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन् । संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो । 

स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहको भनाई थियो। 

गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’ गणेशमान सिहले देखाएको बाटो हिड्न सकेमात्र लोकतन्त्र बलियो हुने भन्दै नेपाली राजनीति मा गणेशमान सिह को योगदान को चर्चा गर्नु भएको छ । कार्यक्रम गणेशमान सिह फाउन्डेसनको आयोजना मा भएको हो

प्रतिक्रिया दिनुहोस्