पहिलो हाफमा नेपाल २-० ले पछाडी



काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २-० गोलको अग्रता बनाएको छ ।

खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरेकी हुन् । खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाएकी छन्।

प्रतिक्रिया दिनुहोस्