संघीयतासँगै थपिए भिआइपी, तेब्बर बढी सुरक्षाकर्मी खटाउनुपर्ने



काठमाडौं : सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । 

मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ । 

यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ । 

अहिले विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको सुरक्षामा करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालित छन् । आजको नागरिक दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्