यस्तो छ पिम्पल्स आउने कारण



जंकफुड र तारेको खाना, अन्डा, एन्ड्रोजनजस्ता जिम सप्लिमेन्टको प्रयोगले पिम्पल्सको समस्या हुन सक्छ । 

आयल मोस्चराइजर, सनस्त्रिमलगायतको गलत प्रयोग तथा लामो समयसम्म मेकअप राखिराख्दा पिम्पल्स आउने गर्छ । यसको एउटा कारण तनाव पनि हो ।

महिलामा महिनावारी र हर्मोन असन्तुलनको कारण पनि पिम्पल्सको समस्याबाट ग्रसित हुन्छन् । 

बढी आयली छाला भएका मानिसमा यसको समस्या हुन्छ । तर, यसलाई निचर्नु, चिमोट्नु हुँदैन । यसो गर्दा दाग बस्छ र त्यसकै कारण पिगमेन्टेसन हुन सक्छ । जसको उपचार गर्न निकै गाह्रो हुन्छ । 

मुख्यतया अनुहार, गाला र निधारमा पिम्पल्स आउने गर्छ । यसका साथै छाती र ढाडको माथिल्लो भाग र पाखुरामा पनि पिम्पल्सको समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस्