ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरु बैंकविरुद्ध सडकमा



सुर्खेत । बैङ्कहरूले ब्याज बढाएपछि सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौँ शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको व्यवसायीहरूको आरोप छ ।

शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकदेखि व्यवसायीहरूले र्‍याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएका छन् । यस्तै राष्ट्र बैँकलाई पनि ध्यानाकर्षण पत्र बुझाएको छन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैङ्कहरूले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि व्यवसायीहरूलाई मानसिक यातना दिने गरेको बताए ।

साथै असोज मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ताबापतको रकम नर्तिन सम्पूर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरिएको छ । ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक

प्रतिक्रिया दिनुहोस्