युवा पुस्ताले देशको नेतृत्व गरे पनि सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न सक्दैन : स्वर्णिम वाग्ले



काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लले युवा पुस्ताले देशको नेतृत्व गरे पनि नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न नसक्ने बताएका छन् । आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले यस्तो बताएका हुन् । उनले नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसाबले श्रीलङ्काको अवस्थामा पुर्‍याउन सकिने बताए ।

उनले् भने, नेपालको आयु २५० वर्ष भयो । २५० वर्षमा एउटा युनिक कम्पोजिसनमा गइरहेका छौँ । आधा जनसङ्ख्या २५ वर्षभन्दा मुनिको रहेको छ । अर्को सात वर्षमा बुढैलो समाजमा जान्छौँ । अहिले ११ जना युवाले काम गरिरहेको छ । सन् २०५० पछि चार जनाले काम गरेर एक जना वृद्धालाई पाल्नुपर्ने हुन्छ । अब राजनीतिक नेतृत्वमा पनि परिवर्तन आउँदैछ । नेपालले तीनरचार वर्षमा राजनीतिक नेतृत्वमा नयाँ ढोका खोल्न सक्छ । राजनीतिमा जति नै युवा नेतृत्व आए पनि नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्दैन । तर प्रतिव्यक्ति आयको हिसाबले श्रीलङ्कको अवस्थामा पुर्‍याउन सकिन्छ । अहिले श्रीलङ्काको प्रतिव्यक्ति आय ३९ सय रहेको छ ।’

अर्थविद् वाग्लेले नेपालमा अबको तीनरचार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताएका छन् । उनले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय चार हजार डलर पुग्ने अवस्था भए पनि त्यस्तो हुन नसकेको बताए ।

वाग्लले त्यस्तो हुन नसक्नु युवाहरूलाई राजनीतिमा आउन झ्याल-ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको उल्लेख गरेका छन् । उनले योजना, भूराजनीतिक अवस्था, पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर देश सञ्चालन गर्न सक्ने नेतृत्व नभएको बताए ।

अर्थविद् वाग्लेले अहिले जीडीपीको अनुपातमा उद्योगहरूको योगदान पाँच प्रतिशत रहेको भन्दै कम्तीमा १२ देखि २५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने बताएका छन् । उनले नेपालमा उद्योग विस्तारभन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्रभन्दा साथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरू भनेर बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्