९ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से



काठमाडौं । आज आइतबार शेयरबजार परिसूचक नेप्से ९.६९ अंकले घटेर १८६०.९४ अंकमा झरेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ परिसूचक पनि १.७२ अंकले घटेर २६५.४२ अंकमा पुुग्यो ।

नेप्से घटेसँगै आजको कारोबार पनि ८० करोड रुपैयाँमा सीमित बन्न पुुगेको छ । आज कारोबारमा आएका २ सय २१ कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख २५ हजार रुपैयाँमा १६ हजार ७ सय ७६ पटक किनबेच भयो ।

कारोबार सुरु भएबाट निरन्तर ओरालो लागेको बजारमा बैंकिङ समूह र उत्पादन तथा प्रशोधन समूहबाहेकका सबै उपसमूहका सूचक घटेर राताम्मे भएका छन् । जसले गर्दा कारोबारमा आएका कम्पनीमध्ये १ सय ४९ कम्पनीको शेयरमूल्य घटेको छ भने जम्मा ३० कम्पनीको मात्रै शेयरमूल्य बढेको छ ।

बढ्नेमा अभियान लघुवित्त ९.९९ प्रतिशतले शेयरमूल्य बढाउँदै अगाडि छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक ७.२५ प्रतिशतका साथ दोस्रो स्थानमा छ । यस्तै, घट्नेमा भने पिपुल्स पावर लिमिटेडको शेयर अगाडि छ । यो कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । योसँगै घट्नेमा सिटिजन्स बैंक ७।०३ प्रतिशतका साथ दोस्रो स्थानमा छ ।

कारोबारमा भने एभरेस्ट बैंक अगाडि छ । यो बैंकको ८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्