सुपर कम्प्युटरको दौडमा चीनलार्इ अमेरिकाले हरायाे



विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको दौडमा चीन तेश्रो स्थानमा धकेलिएको छ । अर्धवार्षिक रुपमा प्रकाशित हुने विश्वका शक्तिशाली ५ सय सुपर कम्प्युटरको सूचिमा चिनिया सुपर कम्प्युटर तेश्रो स्थानमा झरेको हो । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको पहिलो र दोश्रो स्थानमा अमेरिकी सुपर कम्प्युटर पर्न सफल भएका छन् ।

 

अमेरिकी सुपर कम्प्युटर समिट विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर बनेको छ भने सिरा दोश्रो स्थानमा छ । टप टेन शक्तिशाली सुपर कम्प्युटरमा अमेरिकाका पाँचवटा सुपर कम्प्युटर रहेका छन् । त्यस्तै टपटेनमध्ये स्विजरल्याण्ड,जर्मनी र जापानका एक एक सुपर कम्प्युटर परेका छन् ।

 

तर सबैभन्दा शक्तिशाली ५ सय सुपर कम्प्युटरको संख्यामा भने चीन पहिलो स्थानमा रहेको छ । यो सूचिमा चीनका २ सय २७ वटा कम्प्युटर परेका छन् भने अमेरिकाका १ सय ९ वटा ।

 

विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको रुपमा रहेको समिटले एक सेकेन्डमा २ लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्दछ । समिट र सिरा दुबै सुपर कम्प्युटर अमेरिकी कम्पनी आइ बि एमले निर्माण गरेका हुन् ।

 

हाल विश्वको तेश्रो शक्तिशाली सुपर कम्प्युटरको रुपमा रहेको चीनको सुनवे ताइहु लाइट सुपर कम्प्युटर गत वर्ष पहिलो स्थानमा थियो । टप टेनमध्ये चीनकै अर्को सुपर कम्प्युटरले चौथो स्थान हात पार्न सफल भएको छ ।

 

सुनवे ताइहु लाइटको प्रोसेसिंग पावर ९३ पेटाफ्लोप्स छ । जबकी समिटको २ सय पेटाफ्लोप्स रहेको छ । दोश्रो शक्तिशाली कम्प्युटर सिराको प्रोसेसिंग पावर ९४ पेटाफ्लोप्सरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्