नेता सिटौला भन्छन् : रोल्पामा पनि गठबन्धन हुनु ठूलो कुरा



विराटनगर । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताएका हुन् ।

संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन सिटौलाको भनाई छ । सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको पनि जिकिर गरेका छन् ।

पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानुपर्नेमा उनको जोड छ । उनले भने ‘यो संविधान जनताप्रति समर्पित छ भन्ने प्रमाणित गर्नुपर्छ । रोल्पा र रूकुममा पनि गठबन्धन भएको छ भने हामीले सोही अनुसार गठबन्धनलाई हामीले स्वीकार गर्नुपर्छ’ ।

प्रतिक्रिया दिनुहोस्