एलोन मस्कलाई ट्विटरबाट दैनिक ४ मिलियन डलर घाटा



एजेन्सी । ट्विटरका नयाँ मालिक एलोन मस्कलाई एलोन मस्कलाई ट्विटरबाट दैनिक ४ मिलियन डलर घाटा भएको छ । एक हप्ता अघिमात्र उनले ३८.७ बिलियन डलरमा खरिद गरेको ट्विटरबाट उनलाई दैनिक घाटा भएरहेको बिबिसीले उल्लेख गरेको छ ।

आफूले नयाँ किनेको कम्पनीबाट घाटा भएपनि मस्कले कर्माचारी कतौटी गरेका छन् । उनले दैनिक घाटामा गएपछि कर्मचारीलाई कटौति गरेका हुन् ।

कम्पनीका आधा कर्मचारीलाई निकालिएको छ । ट्विटरका कर्मचारीहरूले आफ्नो बर्खास्तिका बारेमा कुरा गर्न प्लेटफर्म प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्