चितवन-२ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड



चितवन । भरतपुरमा चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठकोको गाडीमाथि तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला ३ वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्