झापा-१ मा विश्वप्रकाश शर्मा झण्डै ५ हजार मतान्तरले अघि



काठमाडौं । झापा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन्। झापा–१ मा अहिलेसम्म २४ हजार ८ सय १४ मत गणना भएको छ।

जसमा शर्माले १२ हजार ७ सय मत ल्याएर अग्रता कायम राखेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले ७ हजार ७ सय ८८ मतले पछि परेका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ९ सय १ छ। शर्माले सुरुदेखि नै अग्रता कायम राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्