गोरखा-२ मा प्रचण्ड तेब्बर बढी मतले अगाडि



काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तर बनाएका छन्। बिहान १० बजेसम्मको मतपरिणाम अनुसार त्यहाँ ८ हजार ५ सय ४० मतगणना भएको छ।

जसमध्ये माओवादी अध्यक्ष प्रचण्डले ५ हजार ९ सय ८० मत प्राप्त गरेका छन्। यहाँ अहिलेसम्म दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ। स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कवीन्द्र बुर्लाकोटीले १६ सय ८२ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका अब्दुर सलाम मियाँले १४ सय ३८ मत प्राप्त गरेका छन्। अहिलेसम्मको मतपरिणाममा मियाँ तेस्रो स्थानमा छन्। माओवादी अध्यक्ष प्रचण्ड चितवन ३ छाडेर गोरखा २ बाट निर्वाचन लडेका हुन्।

प्रतिक्रिया दिनुहोस्