काभ्रे २ बाट एमाले नेता गोकुल बाँस्कोटा विजयी



काभ्रे । काभ्रे-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका छन्।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाएका छन् । यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्