हुन्डाई नेपालले गर्‍यो टेस्ट ड्राइभका विजेताहरूको बिदाइ



काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वल्र्ड कप, २०२२ फाइनल’का विजेताको घोषणा गरेको छ । विजेताले कम्पनीका तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन् ।

कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो । हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपिलमार्फत विश्वभरका मानिसहरूलाई दिगोपनासम्बन्धी कार्यहरूमा सहभागी गराउने उद्देश्यले गरिएको थियो ।

कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जोकोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए । यसरी सहभागी भएका हजारौँ ग्राहकहरूमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जीसी ‘टेस्ट ड्राइभ एन्ड विन’का भाग्यशाली विजेता चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्