सामसङले ल्यायो ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर



काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले यो फुटबल सिजन लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । सामसङले यस अफरमा सामसङको टीभीहरू खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्यूएलईडी प्रिमियम यूएचडी टीभीहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३०५ सम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको छ ।

सामसङ टीभीहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रोमाइजबिना इमर्सिभ दृश्य प्रदान गर्छ । यसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ ।

ग्राहकहरूले आफूले छनोट गरिएका आउटलेटहरूबाट टीभी खरिद गर्दा शून्य प्रतिशत ब्याज दरमा किस्ताबन्दी, डिस्काउन्ट भौचरहरूसहित विभिन्न लोकप्रिय रेस्टुरेन्टहरूमा स्वादिष्ट भोजनको आनन्द लिँदै ठूला सामसङ टीभी स्क्रिनहरूमा फुटबल हेर्न सक्ने बताइएको छ ।

साथै, ग्राहकहरूले एक्सचेञ्जमा उत्कृष्ट मूल्याङ्कनसमेत प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ, जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्सअन्तर्गतका सामसङ प्लाजाहरूद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डटकममार्फत एक्सचेञ्ज गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्