उरुग्वेलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा पुग्यो



काठमाडौं । उरुग्वेलाई हराउँदै पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो। लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन्। खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २-० गोलको जित दिलाए। जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ। यसै समूहको घानाले ३ अंक जोड्दा दक्षिण कोरिया र उरुग्वेको समान एक–एक अंक छ।

प्रतिक्रिया दिनुहोस्