सर्वोच्चको गेटमा न्याय माग्दै रङ छ्याप्ने युवतीसहित २ जना पक्राउ



काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रङ छ्याप्ने २ जना युवती पक्राउ परेका छन् । मंगलबार बिहान न्याय माग गर्दै सर्वोच्च अदालतमा रातो रङ छ्याप्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

श्रीमानबाट हिंसा भएको हुँदा न्याय माग गर्दै सिराहाकी बिनु यादव मंगलबार सेतो कपडामा सर्वोच्च पुगेकी थिइन् । उनीसँगै अभियानकर्ता जस्मिन ओझा पनि पुगेकी हुन् । उनीहरू दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको प्रहरीले जनाएको छ । बिनुको उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्