सुनसरी ३ मा एमालेकी भगवती चौधरीको जित निश्चित



सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन् । ९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। बाँकी मतगणना जारी छ ।

अहिलेसम्म एमालेकी भगवतीले ३७ हजार ४ सय २० मतसहित अग्रता लिइरहेकी छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन् । गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन् । यहाँ एमालेकी भगवती ५ हजार तीन सय १९ मतान्तरसहित अघि छन् । अब ८ हजार २ सय ८२ मत गन्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्