सुन आज तोलामा ६ सय रुपैयाँले घट्यो



काठमाडौं । लगातार बढेको सुन चाँदीको मूल्य आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्