राप्रपाले गोप्य राख्यो समानुपातिक सूची



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदको नाम गोप्य राखेको छ । समानुपातिक सांसदको सूचीका विषयमा विवाद भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सूची गोप्य राख्दै निर्वाचन आयोगमा पठाएका हुन् ।

सबै अग्रज र साथीहरूको सल्लाहमा अध्यक्ष लिङ्देनले समानुपातिकको सूची तय गरेर आयोगमा इमेल गरिदिएको राप्रपाले जनएको छ ।

खासगरी पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये प्रतिनिधिसभाको समानुपातिकमा कसलाई बनाउने भन्ने विषयमा पार्टी भित्र विवाद थियो ।

बाग्मती प्रदेशमा पनि महामन्त्री भुवन पाठकको नामको विषयमा के गर्ने भन्नेमा सहमति जुटेको थिएन। यद्यपि अध्यक्षले राय लिँदा उनको नाम लैजान सुझाव आएको बताइएको छ । अन्य नामका विषयमा भने समानुपातिकको बन्दसूचीमा रहेको रोलक्रममा खासै तलमाथि नभएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्