भुसाल र साहसहित एमालेले गर्‍यो यी नेतालाई निष्कास



काठमाडौं । एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै घनश्याम भुसाल र प्रभु साहलाई निष्कासन गरेको छ ।

आज बसेको सचिवालय बैठकले भुसाल र साहसहित १४ जनालाई कारबाही गरेको हो।

भुसाल र साहले चुनावअघि नै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा परेका छन् ।

यसै गरी केन्द्रीय सदस्यहरूमा रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित भएका छन्। यसैगरी, दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ।

यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्त भएका छन्।

पार्टीको समानुपातिक सूचीमा भएर पार्टी विरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको एमालेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्