यी हुन् नेकपा एसका ९ जना प्रदेश सांसद



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ । शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सूचीमा सूचीकृत मध्येबाट ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको समाजवादीले जनाएकाे छ ।

जसमा प्रदेश १ बाट विद्या चाम्लिङ, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ। त्यसैगरी वाग्मती प्रदेशबाट आदिवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ खस आर्यबाट मायादेवी शर्मालाई छनोट गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्