सुनको मूल्य तोलाको १ लाख रुपैयाँ नाघ्यो



काठमाडौं । सुन चाँदीको मूल्य लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख ५सय रुपैयाँ पुगेको हो । अस्ति शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुन तोलामा ९९ हजार ७ सय रुपैयाँमा र चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको भाउ बढेकाले त्यसको असर नेपालमा पनि परेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्