विश्वकपको सट्टेबाजी गर्ने पक्राउ



काठमाडौँ । कतार विश्वकप फुटबल प्रतियोगिताको सट्टेबाजी गराउने कार्यमा संलग्न २ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र अर्का भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले लाजिम्पाटबाट रुद्र पोखरेल र भारतीय नागरिक पवन कुमारलाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको कोइरालाको भनाइ छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राजधानीमा फुटबलको सट्टेबाजी खेल खेलाउने क्रम बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्